काठमाडौँ – विश्व रक्तदाता दिवश २०२० को अवसरमा बसन्तपुरमा ब्लड डोनर्स एसोसिएसन नेपालले दिप प्रज्वलन कार्यक्रम गरेको छ ।
रक्तदाता दिवसका अवसरमा विभिन्न कार्यक्रम मार्फत रक्तदातालाई उत्साहित र आभार प्रकट गर्दै आएकोमा यसपालि कोरोना संक्रमणका जोखिमका कारण दिप प्रज्वलन मात्र गरि रक्तदातालाई आभार प्रकट गरिएको एसोसिएसनका अध्यक्ष सानु वावु प्रजापतिले बताए । काठमाडौँ, ललितपुर, भक्तपुर र बनेपामा पनि दिप प्रज्वलन गरिएको उनले जानकारी दिए ।
विज्ञान तथा प्रविधिले सकेत आविश्कार गर्न नसकेको रगत, हाम्रो शरिरमा त्यसै खेर जाने भएकाले पनि रक्तदान गर्नु पर्ने एसोसिएसनका कोषाध्यक्ष मचा काजी महर्जनले बताए । यस संस्थाको स्थापना पनि यसै कारण भएको पनि उनले जानकारी दिए ।
भिडियो
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७