काठमाडौँ – परराष्ट्र मन्त्रालयले अयोध्याबारे प्रधानमन्त्रीको अभिव्यक्ति राजनीतिक नभएको भन्दै स्पष्टिकरण दिएको छ ।
मंगलबार एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले यस्तो जनाएको हो । प्रधानमन्त्री केपी ओलीले हिजो सोमबार हिन्दू पौराणिक पात्र रामको राज्य अयोध्या भारतमा नपर्ने अभिव्यक्ति दिएपछि चौतर्फी आलोचना भएको थियो ।
भोलिपल्टै परराष्ट्रले उनको भनाइ अयोध्याको सांस्कृति मुल्यलाई कमजोर पार्न नआएको जनाएको छ । उक्त अभिव्यक्ति कसैको भावनामा चोट पुर्याउने आयशबाट नआएको पनि परराष्ट्रको स्पष्टिकरण छ ।
ओलीले भने अशली अयोध्या भारतमा नपर्ने बरु वीरगञ्जबाट थोरै पश्चिम तर्फ पर्ने जिकिर गरेका थिए । तर भारतले नक्कली अयोध्या खडा गरेर सांस्कृतिक अतिक्रमण गरेको आरोप लगाएका थिए ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७