काठमाडौं – निजी विद्यालयहरुले साउन १ बाट अनलाइन कक्षा बन्द गर्ने घोषणा गरेका छन् ।
आफूहरुले उठाएको सम्बोधन नभएको भन्दै प्याब्सन र एन–प्याब्सनले बैकल्पिक शिक्षण सिकाई क्रियाकलाप स्थगन गर्न र शिक्षक तथतगा कर्मचारीलाई बेतलवी घर विदा दिने निर्णय गरेका हुन् ।
अब भौतिक रुपमा विद्यालय सञ्चालयको अनुमति पश्चातमात्र विद्यालय प्रशासन खुला गर्ने दुबै संगठनले बताएका छन् । साथै शिक्षक र कर्मचारीको तलबलगायतका सुविधा विद्यालय सञ्चालन भएर आम्दानी सुनिश्चित भएपछि क्रमशः उपलब्ध गराउने निजी विद्यालयहरुले बताएका छन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७