काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस रकमसहित एक लेखा अधिकृतलाई पक्राउ गरेको छ ।
सुनसरीको इटहरी उपमहानगरपालिकाका लेखा अधिकृत विकास पाखरेललाई सेवाग्राहीबाट ६५ हजार घुस लिइरहेको अवस्थामा रंगेहात पक्राउ गरेको हो ।
पोखरेलले नगरपालिकाको शिक्षा शाखाबाट कक्षा ८ को परीक्षा सञ्चालनमा भएको खर्चको फरफारक गरी भुक्तानी गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग घुस मागेका थिए ।
सेवाग्राहीले दिएको निवेदनका आधारमा आयोगको इटहरिस्थित कार्यालयबाट खटिएको टोलीले पोखरेललाई उपमहानगर ६ वीपी चोकबाट पक्राउ गरेको हो ।
उनीमाथि थप अनुसन्धान भैरहेको आयोगले जनाएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७