काठमाडौँ – प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी ओली र पार्टीका अर्का अध्यक्ष पुष्प कमल दाहालबीच भेटवार्ता सुरू भएको छ।
दुई अध्यक्षबीच आज बस्ने स्थायी समिति बैठकबारे छलफल भएको हो।
स्थायी समिति बैठक ११ बजेदेखि प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ।
स्थायी समिति बैठक अगाडि दुई अध्यक्षबीच भेट हुने सहमति यसअघि नै भएको थियो।
बिहिबार प्रधानमन्त्री ओली,प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालबीच छलफल भएको थियो।
तीन नेताबीच अन्य विषयमा सहमति हुन नसकेपनि स्थायी समिति बैठक नरोक्ने विषयमा सहमति भएको थियो।
तीन नेताबिच आजको स्थायी समितिले केन्द्रीय कमिटी बैठकको निर्णय तोक्ने समेत सहमति भएको थियो।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७