बारा – जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय बारा, कलैयामा कार्यरत सव–इन्जिनियर गजेन्द्र प्रसाद जैसवाल ८० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।
नदी तटबन्धको जाली लगाउने कार्य सम्पन्न पश्चात रकम भुक्तानी गरिदिए बापत सेवाग्राहीसँग घुस मागेको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाबाट खटिएको टोलीले उनलाई पक्राउ गरेकाे ।
अख्तियारको टोली देखेपछि उनले नजिकै रहेका चन्दन जैसवाललाई दिई भाग्न खोज्दा दुबैजनालाई सो रकमसहित कलैया नगरपालिका वडा नं ४ बाट नियन्त्रणमा लिइ अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७