बिगेन तुलाधर, काठमाडौँ – नेपालको आदिबासी जनजाती नेवाः समुदायले लामो समय देखि मनाउदै आएको गुंला पर्व आज देखि सुरु भएको छ । यो समय बौद्ध धर्मावलम्वीहरु विभिन्न चैत्य, विहार र बौद्ध धार्मिक स्थलमा गइ विशेष पुजाअर्चना गरी मनाउने चलन रहेको छ । विशेष गरी स्वयम्भुमा यस अवसरमा ठूलो मेला लाग्ने गर्दछ ।
यस गुंला पर्वमा विशेष गरी नेवाः समुदायले गुंला बाजा बजाउने चलन रहेको छ । यो पर्व एक महिना चल्ने गर्दछ । पछिल्लो समय यो बाजामा नयाँ पुस्ताले पनि रुची देखाउदै जात्रा पर्वमा सहभागिता जनाउने क्रम बढ्दो छ । यस बाजालाई भगवान बौद्धको प्रिय बाजाको रुपमा लिने गरिन्छ । आजबाट काठमाडौँ उपत्यकामा विशेष गुंला संगीतको श्रवण गर्ने चलन छ । यस महिना अवधिभर नेवा: संस्कृतीको महत्वपुर्ण पाटोको रुपमा लिइन्छ जहा अघि अघि बाजा र पछि पछि भक्तजन हुन्छन् । यस्ता झाँकीहरु आजदेखि एक महिनासम्म विभिन्न बौद्ध धार्मिक स्थलहरुमा देख्न सकिन्छ ।
यसपर्वको आर्को महत्वपुर्ण पाटो भनेको पन्जारा अर्थात बौद्ध भिक्षुहरुलाई पञ्चतत्व दान गर्ने चलन पनि रहि आएको छ । बौद्ध मार्ग एउटा सन्तुलनको वकालत गर्ने दर्शन पनि हो जहाँ दान अनि शान्ती आत्मीक चिन्तनलाई धेरै नै महत्व दिने गरिन्छ ।
वर्षायाममा बाढी तथा पहिरोले धनजनको क्षती हुने भएकाले यसबाट रक्षा गरिदिन भगवानलाई पुकार्दै पुजा गर्ने चलनको रुपमा गुंला पर्व मनाउने प्रचलन चलेको हो ।
पछिल्लो समय कोभिड १९ का कारण विभिन्न जात्रा पर्वहरुलाई प्रत्यक्ष असर गरेको छ जसमा गुंला पर्व पनि प्रभावित भएको छ । गुंला पर्वमा यस वर्ष बाजा नबजाउने तथा हुलमुल नगर्ने गुंला बाजं व्यवस्थापन संरक्षण कमिटिले निर्णय समेत गरेको छ । उक्त कमिटि २३ वटा समूहको साझा कमिटि हो ।
सिमित मानिसले मात्र पुजाआरधना गरी संस्कृतीको निरन्तर्ता दिने तर अन्य गतिविधि यस वर्ष नगर्ने अंस गुंला बाजा समितिका सदस्य जुजु तुलाधारले जानकारी दिए ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३