भारतिय आन्ध्रा प्रदेश राज्यमा शुक्रवार अल्कोहल मिश्रित स्यानिटाइजर सेवनको कारण कम्तिमा दसजना मानिसको ज्यान गएको छ । सो राज्यको कुरिचेदु गाउँमा लकडाउनको कारण रक्सी पसल बन्द भएकाले तिनीहरुले स्यानिटाइजर सेवन गरेका थिए ।
स्थानिय स्तरमा कोरोना भाइरस संक्रमित व्यक्तिको संख्या बढ्न थालेपछि सरकारले त्यस गाउँमा लकडाउन लागु गरेको थियो । जिल्ला प्रहरी प्रमुख सिद्धार्थ कौशलले ति पिडितहरुले पानी र हल्का पेय पदार्थसंग स्यानिटाइजर मिसाएर पिएको जानकारी दिएका छन् ।
नराम्ररी रक्सीको कूलतमा फसेका तिनीहरुले करिव दस दिन अघि देखि नियमित रुपमा त्यसरी स्यानिटाइजर सेवन गर्दै आइरहेका थिए । प्रहरीले अनुसन्धानको क्रममा रसायनिक विश्लेषणका लागि स्यानिटाइजरको नमुना प्रयोगशालामा पठाएको खबर समाचार पत्रले प्रकाशन गरेको छ । एजेन्सी
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३