काठमाडौँ , ८ असोज – गंगामाया अधिकारीका छोरा गोरखा फुजेलका नुरप्रसाद अधिकारी पक्राउ परेका छन् । उच्च अदालत पाटनका कर्मचारीलाई ज्यान मार्ने कोशिश गरेको अभियोगमा उनलाई प्रहरीले आइतबार पक्राउ गरेको हो ।
आइतबार साँझ ललितपुर प्रहरीले उनलाई पक्राउ गरेको थियो । उनमाथि ज्यान मार्ने उद्योगको आरोप लगाएर मुद्दा अघि बढाइएको ललितपुर प्रहरीका डिएसपी नरेन्द्र चन्दले जानकारी दिए ।
उनलाई ललितपुर जिल्ला अदालतले ७ दिन म्याद थपेर अनुसन्धान गर्न आदेश दिएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३