काठमाडौं – आम निर्वाचनपछि पनि नेपालमा भ्रष्टाचारको स्थिति चिन्ताजनक रहेको देखिएको छ ।
ट्रान्सपरेन्सी इन्टरनेशनल(टीआई) ले मंगलबार सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकाङ्क २०१८ सार्वजनिक गरेको छ, जसमा नेपाल १२४ औं स्थानमा परेको छ । कुल १०० अंकमा नेपालले ३१ मात्र पाएको छ । विश्व बैङ्क, वल्र्ड इकोनोमिक फोरम लगायतका संस्थाले गरेको सर्वोक्षणका आधारमा यो अंक दिइएको हो ।
‘निर्वाचनपछि पनि नेपालको सार्वजनिक क्षेत्रमा भ्रष्टाचार, व्यापार व्यवसायमा घुस, सार्वजनिक पद र अधिकारको दुरुपयोग, अनुगमन र कारबाहीमा कमी, सूचनामा नागरिकको पहुँचमाकमी, राजनीतिमा भ्रष्टाचार जस्ता दीर्घकालीन समस्या विद्यमान रहेको देखिन्छ’ ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले भनेको छ । उसका अनुसार गतवर्षको तुलनामा यस वर्ष भ्रष्टाचारको अवधारणामा सुधार भएको पाइएन् ।
सीपीआई २०१८ मा १८० मुलुक समावेश थिए, जसमा दुईतिहाईले औषत ४३ अंक पाएका छन् । धेरै देशहरु भ्रष्टाचारविरुद्ध प्रतिवद्ध प्रयास गर्न चुकेको ट्रान्सपरेन्सी इन्टरनेशनलले जनाएको छ । उसले भनेको छ, ‘संसारभर निरंकुश र पपुलिष्ट नेताले लोकतान्त्रिक मूल्य र शक्ति सन्तुलन विपरीत काम गर्दै भ्रष्टाचार नियन्त्रणको एजेन्डा आफू अनुकूल बनाएको सीपीआई २०१८ को सन्देश छ ।’
डेनमार्क सबैभन्दा कम भ्रष्टाचार हुने मुलुक बनेको छ भने सोमालिया सबैभन्दा भ्रष्ट मुलुकका रुपमा सूचीकृत भएको छ । दक्षिण एशियाली राष्ट्रहरु मध्ये भुटानमा कम भ्रष्टाचार हुने देखिएको छ । भुटान २५औं स्थानमा परेको छ ।
भारत ७८, श्रीलङ्का ८९, पाकिस्तान ११७, मालदिभ्स १२४, बङ्गलादेश १४९ र अफगानिस्तान १७२ औं स्थानमा छ । छिमेकी मुलुक ८७ औं स्थानमा परेको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३