Logo
  • मुख्य समाचार
  • समाचार
  • फिचर स्टोरी
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य / जीवनशैली
  • खेलकुद
  • मनाेरञ्जन
  • कृषि
  • सूचना-प्रविधि
  • अन्तर्वार्ता
  • विचार/ब्लग
  • विश्व
  • साहित्य
  • स्थानीय
  • पत्रपत्रिका
  • हरप्रहर टि.भी.
  • जानकारी
  • विविध
२०८२ अषाढ २९, आईतबार

    ट्रेन्डीङ्ग

Logo
  • गृह
  • समाचार
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • विश्व
  • खेलकुद
  • हरप्रहर टि.भी.
  • अन्य
    • फिचर स्टोरी
    • विचार/ब्लग
    • साहित्य
    • कृषि
    • शिक्षा
    • मनाेरञ्जन
    • अन्तर्वार्ता
    • स्थानीय
    • विविध
    • सूचना-प्रविधि
    • स्वास्थ्य / जीवनशैली
    • जानकारी
    • पत्रपत्रिका
  • ताजा१२
  • रुचाईएका

ताजा अपडेट

१

इरानमा रहेका १६ नेपालीमध्ये ११ जना भोलिसम्म भारत आइपुग्छन् : मन्त्री राणा

२ हफ्ता अघि
२

रास्वपा तारकेश्वरले पदयात्रा तथा योग ध्यान कार्यक्रम आयोजना गर्दै

३ हफ्ता अघि
३

इजरायल–इरान युद्धले इन्धनको मूल्यमा असर गर्ला ?

३ हफ्ता अघि
४

स्थानीय सरकारको सञ्चार नीति सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

३ हफ्ता अघि
५

बङ्गलादेशमा विद्युत व्यापारबाट पाँच महिनामा एक अर्ब २५ करोड आम्दानी हुन्छ : उर्जामन्त्री खड्का

३ हफ्ता अघि
६

पत्रकार महासंंघ ललितपुरको कार्यमूलक बैठक : हीरा–सिद्धि पत्रकारिता पुरस्कार स्थापना

१ महिना अघि
७

माधव नेपालसहितका नेताहरुमाथिको मुद्दा नियमित प्रक्रिया हो : मन्त्री गुरुङ

१ महिना अघि
८

नेपालको इतिहासमा पूर्वप्रधानमन्त्रीमाथि पहिलोपटक भ्रष्टाचार मुद्दा

१ महिना अघि
९

भिजिट भिसाको घटना संगठित मानव तस्करीसँग जोडिएको छ :सांसद पुन

१ महिना अघि
१०

तीनकुने घट्ना प्रकरण : दुर्गा प्रसाईंलगायत ६१ जनाविरुद्ध मुद्दा दर्ता

१ महिना अघि
११

गृह मन्त्रालयको स्पष्टिकरण : त्रिभुवन विमानस्थल प्रकरणमा कुनै संलग्नता छैन

१ महिना अघि
१२

नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको सूचना अधिकारीमा गणेश विक

१ महिना अघि

धेरै पढिएका

१

बङ्गलादेशमा विद्युत व्यापारबाट पाँच महिनामा एक अर्ब २५ करोड आम्दानी हुन्छ : उर्जामन्त्री खड्का

३ हफ्ता अघि
२

रास्वपा तारकेश्वरले पदयात्रा तथा योग ध्यान कार्यक्रम आयोजना गर्दै

३ हफ्ता अघि
३

स्थानीय सरकारको सञ्चार नीति सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

३ हफ्ता अघि
४

इजरायल–इरान युद्धले इन्धनको मूल्यमा असर गर्ला ?

३ हफ्ता अघि
५

इरानमा रहेका १६ नेपालीमध्ये ११ जना भोलिसम्म भारत आइपुग्छन् : मन्त्री राणा

२ हफ्ता अघि

गुन्डुबासी मखमली टिप्न र माला उन्न व्यस्त, मूल्यमा बिचौलियाको रजगज

नरेश जोशी भक्तपुर प्रकाशित मिति: २०८१ कार्तिक ६, मंगलबार (८ महिना अघि)

  • ४२७ पटक पढिएको
  • कात्तिकको बिहानको चिसो छिरेटो छल्दै बिहान अबेरै घरको काम सकेर मखमली बारीतिर लाग्छिन् भक्तपुर सुर्यविनायक नगरपालिका–७ गुण्डुकी रचना बस्नेत ।

    तिहार आउन एक हप्तामात्र बाँकी रहँदा रचनालगायत गुण्डुका किसानलाई पाकेको धान भित्र्याउनु भन्दा मखमली टिप्न र माला उन्नकै धपेडी छ ।

    बिहानदेखि बारीमा मखमली फूल टिप्ने र दिनभरी माला गास्ने गरेको रचना सुनाउँछिन् । यसरी गुण्डुका किसानले गासेका मालाहरु लिन व्यापारीहरु उनीहरुकै दैलोमा नै पुगिरहेका छन् ।

    साउन अन्तिम सातादेखि नै फुल टिप्न थालेकी रचना विगतको वर्षभन्दा फुल उत्पादन कम भएको कारण माग अनुसार उपलब्ध गराउन नसकेको बताउँछिन् ।

    ‘अहिलेको काम भनेको नै बिहान फूल टिप्ने दिनभरी गास्ने नै हो । साउन अन्तिम सातादेखि फुल टिप्न थालेका हौं । फुलबारी र धानबालीसँगै भित्र्याउन समय आयो । तर पहिले ढकमक्क फुलेको फुल टिप्न र माला गास्नमै व्यस्त छौँ । तर विगतको जस्तो फुल उत्पादन नहुँदा माग धान्न गाह्रो छ । फुल कत्ति पनि खेर गएको छैन ।’

    रचना जस्तै गुण्डुका बासिन्दालाई तिहारले झपक्कै छोपेको छ । हरेकका घरआँगनमा मखमली फूलका माला गाँस्ने भीड लागेको छ । कोही फूल टिप्न र कोही माला गाँस्न व्यस्त छन् । एक्लाएक्लै र सामूहिक रूपमा माला गाँस्नेको चहलपहल देखिन्छ । विशेष गरेर स्थानीय महिलाहरु आलोपालो गरी माला गाँस्न व्यस्त छन् । प्रतिमाला ५ रुपैंयाँका दरले पारिश्रमिक दिएर माला गाँस्ने काममा हरेक घरमा मान्छेहरू व्यस्त छन् ।

    तिहारको भाइटीकामा दिदीबहिनीले दाजुभाइको दीर्घायूको कामना गर्दै गलामा लगाइदिने मखमली फुल रोप्नेदेखि माला गास्दासम्मका लगानीका बारे जिज्ञासामा रचनाले भनिन्, ‘मखमली खेती त्यति सजिलो छैन । फूलमा चाँडै किरा लाग्छ । किट्नाशक औषधी छर्कनुपर्छ । खर्च पनि उतिकै हुन्छ । कहिलेकाहीँ त नाफाभन्दा बढी खर्च पनि हुन जान्छ ।’

    किसान र व्यवसायीबीच सिधा सम्पर्क नहुँदा फुलको उचित मूल्य नपाइएको रचनाको दुखेसो छ । व्यवसायी आफैं फुल लिन आउनुको सट्टा बिचौलियालाई पठाउने गरेको कारण विगत १५ वर्षदेखि एउटै भाउमा मखमलीको माला बेच्नुपरेको उनको गुनासो छ ।

    उनले भनिन्, ‘बजार बाउ राम्रो नै पाइन्थ्यो तर व्यापारीहरु गाँउमा आएनन् । किसानसम्म पुगेर सम्पर्क नै गर्दैनन् । बिचौलियाहरुलाई पठाइदिन्छन् । बजारमा मालाको मूल्य राम्रो छ तर हामीलाई १२ वर्षदेखि एउटै मूल्य दिइरहेका छन् । फूलहरु खेर फाल्नुपर्ने अवस्था चाहीं आएको छैन् । सस्तो मूल्यमा भएपनि विक्री भइरहेको छ । विगत १५ वर्षदेखि मखमली फुलको माला प्रतिगोटा २० रुपैयाँमा बिक्री गरिरहेका छौं ।’

    त्यसैगरी, रचना जस्तै अर्की मखमली फूल व्यवसायी राधिका फूयाँलको गुनासो पनि उही छ । फुल व्यवसायी आफैंले बजार र एजेन्ट खोज्नुपर्ने भएका कारण पनि किसानले चाहेको भाउमा बिक्री गर्न नसकिरहेको उनले सुनाइन् ।

    उनले भनिन्, ‘किसानले भनेको काम गर्ने हो । तर यहाँ बजार, एजेन्ट सबै आफैंले खोजेर हिड्नुपर्ने अवस्था छ । त्यो पनि कहिले गर्न सकिदैँन् । हामीले २०, २५ रुपैयाँमा बेचेको मालालाई दुईसय रुपैंयाँ तिरेर उपभोक्ताले किनिरहेका हुन्छन् । यस बीचमा विचौलियाले कति खाने रहेछन् भन्ने स्पष्ट हिसाब निस्किहाल्छ ।’

    चाडवाडको बेला भारतलगायतका क्षेत्रबाट फुल आयात रोक्न सकेमात्र मखमली फुलले बजार पाउने उनीहरु बताउँछन् । मखमली उत्पादनका बेला पानी बढी परेकाले हौसिएर फुल्ने समयमा बोटहरु ढलेका कारण यो वर्ष अपेक्षित फुल उत्पादन हुन नसकेको किसानहरु सुनाउँछन् ।

    सरकारको छैन गुण्डुबासीलाई सहयोग

    करिब ४० वर्षदेखि गुण्डुबासीले मखमली फुलको व्यवसायिक खेनी गर्दै आएपनि सरकारबाट अहिलेसम्म कुनैपनि सहयोग नगरेको किसानहरुको गुनासो छ । आफ्नो बारीमा फुल्ने फुल अमेरिका, अष्ट्रेलिया, अमेरिकालगायतका देशमा समेत निर्यात हुने गरेको भएपनि सरकार किसानहरुलाई प्रोत्साहित गर्नुको सट्टा भारतबाट फुल आयात गर्न व्यापारीलाई उत्साहित गराइरहेको उनीहरुको आरोप छ । देशभित्रै उत्पादति वस्तुको उचित भाउ नपाउनुको पछाडि सरकारको हात रहेको राधिका फुयालले बताइन् ।

    उनी भन्छिन्, ‘नेपाल सरकार भारत बिना बाँच्न नसके जस्तो गर्छ । नेपालमा उत्पादित वस्तुलाई मान्यता दिएको छैन् । हामीले उत्पादन गरेको गोलभेडा समेत खेतमै कुहेर खेर गयो । भारतबाट आयात हुने फूल बन्द गर्ने हो भने हामीले मेहनत गरेको फूल सस्तोमा पनि किन्न आउँथे मानिसहरु । जसका कारण किसानले मूल्य पाउँथे । यसमा सरकारको कमजोरी छ ।’

    सरकारले फुल व्यवसायका लागि किसानहरुलाई अनुदान दिन सके देशमा खपत हुने फुल उत्पादन गर्न सकिने उनको दाबी छ । सरकार राजनीतिको पछि मात्र लाग्दा किसान उपेक्षामा परेको अर्की व्यवसायी रचना क्षेष्ठको भनाइ छ ।

    उनी भन्छिन्, ‘फुल राम्रो विक्री हुन सकिरहेको छैन् । किसानले सबैमा गर्ने भनेकै मेहेनत हो । मेहेनत गर्दागर्दा पनि हुदैँन्, धेरै गारो हुन्छ । मेहेनतको एक छेउ पनि पाउन गाह्रो छ नेपालमा । यहाँ उत्पादन भएको वस्तु नेपालमा मात्र प्रयोग गर्ने हो भने पनि पुग्दैन् । यसबारे राम्रो नीति नै छैन् । सरकार आफ्नो राजनीतिमा लागेको छ । नेताहरुलाई किसानहरुले फूल खेती गर्छन्, भन्ने कुरा पनि थाहा छैन् होला ।’

    प्रतिक्रिया दिनुहोस
    फिचर स्टोरी सम्बन्धि थप
  • इरानमा रहेका १६ नेपालीमध्ये ११ जना भोलिसम्म भारत आइपुग्छन् : मन्त्री राणा
    हरप्रहर

    इरानमा रहेका १६ नेपालीमध्ये ११ जना भोलिसम्म भारत आइपुग्छन् : मन्त्री राणा

  • इजरायल–इरान युद्धले इन्धनको मूल्यमा असर गर्ला ?
    हरप्रहर

    इजरायल–इरान युद्धले इन्धनको मूल्यमा असर गर्ला ?

  • बङ्गलादेशमा विद्युत व्यापारबाट पाँच महिनामा एक अर्ब २५ करोड आम्दानी हुन्छ : उर्जामन्त्री खड्का
    हरप्रहर

    बङ्गलादेशमा विद्युत व्यापारबाट पाँच महिनामा एक अर्ब २५ करोड आम्दानी हुन्छ : उर्जामन्त्री खड्का

  • माधव नेपालसहितका नेताहरुमाथिको मुद्दा नियमित प्रक्रिया हो : मन्त्री गुरुङ
    हरप्रहर

    माधव नेपालसहितका नेताहरुमाथिको मुद्दा नियमित प्रक्रिया हो : मन्त्री गुरुङ

  • ताजा खबर
  • १

    इरानमा रहेका १६ नेपालीमध्ये ११ जना भोलिसम्म भारत आइपुग्छन् : मन्त्री राणा
    २ हफ्ता अघि

  • २

    रास्वपा तारकेश्वरले पदयात्रा तथा योग ध्यान कार्यक्रम आयोजना गर्दै
    ३ हफ्ता अघि

  • ३

    इजरायल–इरान युद्धले इन्धनको मूल्यमा असर गर्ला ?
    ३ हफ्ता अघि

  • ४

    स्थानीय सरकारको सञ्चार नीति सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
    ३ हफ्ता अघि

  • ५

    बङ्गलादेशमा विद्युत व्यापारबाट पाँच महिनामा एक अर्ब २५ करोड आम्दानी हुन्छ : उर्जामन्त्री खड्का
    ३ हफ्ता अघि

  • Logo

    www.harprahar.com
    हरप्रहर – निष्पक्ष खबर

    मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित

    सम्पादक : सुभद्रा लम्साल

    सातदोबाटो, ललितपुर, बागमती प्रदेश

    [email protected]

    ९८५११६८१२२

    सूचना विभाग दर्ता नम्बर: १९९२

    प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७

    सूचना-लेख-रचनाका लागि :

    [email protected]

    हाम्रो टीम  ||  हाम्रो बारे

    फेसबुक

    © २०७८ हरप्रहर मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution