काठमाडौं – सरकारले भनेजुयलामा देखिएको राजनीतिक समस्याको समाधान बाह्य हस्तक्षेपविना समाधान हुनुपर्ने बताएको छ ।
परराष्ट्र मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गरी कुनै पनि देशको आन्तरिक राजनीतिक समस्या त्यही देशको संवैधानिक प्रावधान अनुसार प्रजातान्त्रिक माध्यम र बाह्य हस्तक्षेप विना समाधान हुनुपर्ने बताएको हो ।
मन्त्रालयले भेनेजुयलामा भएको राजनीतिक घटनाक्रमलाई नजिकबाट निकालिरहेको भन्दै यसमा निर्णय गर्ने जिम्मा भेनेजुयलाको नागरिककै भएको बताएको छ । ‘देशको राजनीतिक र संवैधानिक विषयमा अन्तिम निर्णय गर्ने अधिकार भेनेजुयलाका नागरिकसँगै छ’ परराष्ट्र मन्त्रालयले भनेको छ ।
केही दिनअघि नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भेनेजुयलामाथि अमेरिकाले हस्तक्षेप गरेको भन्दै विरोध जनाएका थिए । त्यसपछि अमेरिकाले भेनेजुयलाको विषयमा नेपाल सरकारको आधिकारिक धारणा माग गरेको थियो ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३