काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शान्ति सम्झौता र संविधानको मर्म विपरित कतिपय कदमहरु चालिएकोमा चिन्ता व्यक्त गरेका छन् ।
राजधानीमा आयोजित एक पुस्तक विमोचन कार्यक्रममा बोल्दै प्रचण्डले शान्ति सम्झौता र संविधानको मर्म र भावनाविपरित अघि बढे देश फेरि पनि द्वन्द्वमा फँस्न सक्ने चेतावनी दिएका हुन् ।
‘हामीले शान्ति सम्झौतामा र संविधानसभाबाट संविधान बनाएर जे प्रतिज्ञा गर्यौँ, त्यही अनुरुप हामी अघि बढ्न सकेनौँ भने नचाहँदा–नचाहँदै पनि देशमा फेरि द्वन्द्वको अवस्था आउन सक्छ,’ उनले भने, ‘परिकल्पना गरौँ, त्यो कति भयानक होला ? अबको नेपालले त्यो धान्न सक्ला ?’
उनले शान्ति सम्झौता विपरित प्रहरीमा भएका मुद्दा भाटाभट अगाडि बढाउन थालेकोमा गम्भिर चिन्ता पनि व्यक्त गरे ।
हिजोको सामन्ती निरंकुशतन्त्र व्यवस्थाले विभेदमा पारेकाहरलाई राज्य सञ्चालनमा समुचित स्थान दिन, त्यही अनुसारको राजनीतिक व्यवस्था निर्माण गरेर शान्ति र समृद्धिको नयाँ युग युगतिर जाने परिकल्पाना गरेर तत्कालिन सात राजनीतिक दल र तत्कालिन नेकपा माओवादीले शान्ति सम्झौता गरेको अध्यक्ष प्रचण्डले स्मरण गराए ।
तर, पछिल्लो समय पुरानो संरचनालाई बलियो पार्नेतिर कतिपय कदमहरु अगाडि बढेकाले त्यसमा प्रश्न खडा भएको बताए ।
‘त्यही मर्म अनुसार हामी अघि बढिरहेका छौँ ?,’ प्रचण्डले प्रश्न गरे, ‘नयाँ बनेका ऐनहरुले हिजोको स्थितिको वा हिजोको मर्म बोध गरेका छन् त ?’
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३