Logo
  • मुख्य समाचार
  • समाचार
  • फिचर स्टोरी
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य / जीवनशैली
  • खेलकुद
  • मनाेरञ्जन
  • कृषि
  • सूचना-प्रविधि
  • अन्तर्वार्ता
  • विचार/ब्लग
  • विश्व
  • साहित्य
  • स्थानीय
  • पत्रपत्रिका
  • हरप्रहर टि.भी.
  • जानकारी
  • विविध
२०८२ जेष्ठ २, बिहिबार

    ट्रेन्डीङ्ग

Logo
  • गृह
  • समाचार
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • विश्व
  • खेलकुद
  • हरप्रहर टि.भी.
  • अन्य
    • फिचर स्टोरी
    • विचार/ब्लग
    • साहित्य
    • कृषि
    • शिक्षा
    • मनाेरञ्जन
    • अन्तर्वार्ता
    • स्थानीय
    • विविध
    • सूचना-प्रविधि
    • स्वास्थ्य / जीवनशैली
    • जानकारी
    • पत्रपत्रिका
  • ताजा१२
  • रुचाईएका

ताजा अपडेट

१

कांग्रेस र एमालेले दुई जना गभर्नर नियुक्त गरोस : हरि ढकाल

२ घण्टा अघि
२

सुनचाँदीको मूल्य घट्यो

३ घण्टा अघि
३

सरकार पूरा अवधि टिक्छ, फोन र भेटघाटले गठबन्धन तलमाथि हुँदैन् : गृहमन्त्री लेखक

२ दिन अघि
४

विद्युतको शुल्क बुझाउने विषयमा विवाद आउनु लज्जास्पद : मन्त्री खड्का

१ हफ्ता अघि
५

आज १३६औँ अन्तरराष्ट्रिय श्रमिक दिवस

२ हफ्ता अघि
६

समयसँगै बदलिँदो पत्रकारिता : प्रविधि, पोस्ट ट्रुथ र नागरिक पत्रकारिता

२ हफ्ता अघि
७

एमाले सिध्याउँछु भन्नेहरुकै अगाडि एमाले देशकै लोकप्रिय बन्यो : ओली

३ हफ्ता अघि
८

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार

३ हफ्ता अघि
९

गुडिरहेको जीपमा विजुलीको तार खस्दा चालकसहित ४ जनाको मृत्यु

३ हफ्ता अघि
१०

अध्यक्ष लिङदेनसहित तीन सांसद प्रहरी नियन्त्रणमा

३ हफ्ता अघि
११

‘देश खत्तम छ’ भन्ने भाष्य नेताहरुले नै निर्माण गरे : डा.आरजु राणा

३ हफ्ता अघि
१२

घट्यो पेट्रोलियम पदार्थको मुल्य, यस्तो छ मुल्य सूचि

४ हफ्ता अघि

धेरै पढिएका

१

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार

३ हफ्ता अघि
२

समयसँगै बदलिँदो पत्रकारिता : प्रविधि, पोस्ट ट्रुथ र नागरिक पत्रकारिता

२ हफ्ता अघि
३

गुडिरहेको जीपमा विजुलीको तार खस्दा चालकसहित ४ जनाको मृत्यु

३ हफ्ता अघि
४

घट्यो पेट्रोलियम पदार्थको मुल्य, यस्तो छ मुल्य सूचि

४ हफ्ता अघि
५

अध्यक्ष लिङदेनसहित तीन सांसद प्रहरी नियन्त्रणमा

३ हफ्ता अघि
६

एमाले सिध्याउँछु भन्नेहरुकै अगाडि एमाले देशकै लोकप्रिय बन्यो : ओली

३ हफ्ता अघि
७

‘देश खत्तम छ’ भन्ने भाष्य नेताहरुले नै निर्माण गरे : डा.आरजु राणा

३ हफ्ता अघि
८

करेन्ट, गुट्खा, भोला, खैनी र जीत खैनीको बिक्री वितरणमा रोक्का

४ हफ्ता अघि
९

विद्युतको शुल्क बुझाउने विषयमा विवाद आउनु लज्जास्पद : मन्त्री खड्का

१ हफ्ता अघि
१०

आज १३६औँ अन्तरराष्ट्रिय श्रमिक दिवस

२ हफ्ता अघि
११

सरकार पूरा अवधि टिक्छ, फोन र भेटघाटले गठबन्धन तलमाथि हुँदैन् : गृहमन्त्री लेखक

२ दिन अघि
१२

सुनचाँदीको मूल्य घट्यो

३ घण्टा अघि

अध्यागमनका कर्मचारीले बेचे भिसा, अख्तियारमा पुग्यो फाइल

प्रकाशित मिति: २०७७ श्रावण १, बिहिबार (४ साल अघि)
Akhtiyar durupayog anusandhan aayog

  • ४१४ पटक पढिएको
  • काठमाडौं – अध्यागमन विभागका अधिकृत रामचन्द्र काफ्ले प्रवेशाज्ञा (भिसा) बिक्रीमा मुछिएका छन्। काफ्लेले पदको दुरुपयोग गरी ३ जना चिनियाँ नागरिकलाई अनधिकृत तवरले भिसा जारी गरेको पाइएको हो। उनले कति रकममा भिसा बेचे भन्ने अनुसन्धानकै क्रममा छ।

    विभागको स्टोर शाखामा रहेका भिसा स्टिकर उनले गोप्य ढंगले निकालेका थिए। त्यसपछि बिचौलियाको सहयोगमा ती चिनियाँलाई रिलेसन (नातेदार) भिसा जारी गरेको खुलेको छ। तर, उक्त भिसाका लागि न आवश्यक कागजपत्र पेस भएको छ न त भिसा जारी गरेको रेकर्ड विभागसँग छ। केही थान भिसा स्टिकर अनधिकृत ढंगले बाहिरिएको रेकर्ड भने अध्यागमनसँग छ। त्यसकै आधारमा विभागले काफ्लेमाथि छानबिन थालेको हो।

    रिलेसन भिसा पाउन स्थानीय तहले गरेको नाता प्रमाणित, सनाखत गर्ने व्यक्तिको सशरीर उपस्थिति र सनाखत गर्ने व्यक्तिको नेपाली नागरिकता अनिवार्य पेस गर्नुपर्छ। ती चिनियाँको कुनै पनि कागपत्र अध्यागमनमा छैन। मूलतः त्यही कागजपत्रका आधारमा विभागको गैरपर्यटकीय शाखाले रिलेसन भिसा दिने/नदिने निर्णय गर्छ। काफ्लेले चिनियाँसँग भिसाको कारोबार कार्यालयबाहिर गरेको देखिएको छ। उनले त्यसको सुइँको समेत अध्यागमनका अन्य कर्मचारीलाई दिएनन्।

    विभागका महानिर्देशक रमेशकुमार केसीले भिसा दुरुपयोगबारे थप अनुसन्धान भइरहेको जानकारी दिए। ‘जो कोही भए पनि दोषीले उन्मुक्ति पाउँदैन। कारबाही गर्छु’, महानिर्देशक केसीले भने।

    काफ्लेले अर्कै शाखामा कार्यरत रहेका बेला अनधिकृत ढंगले गैरपर्यटकीय शाखालाई चाहिने भिसा निकालेका थिए। उनको चिनियाँ कनेक्सन पेचिलो अनुसन्धानको विषय बनेको छ। निजामती सेवाबाट अवकाश पाउन लागेका काफ्लेको ‘कर्तुत’का आधारमा विगतमा भएका सबै शंकास्पद गतिविधिको अनुसन्धान गर्न विभागलाई सहज बनेको छ।

    भिसा दुरुपयोग गर्न काफ्लेलाई स्टोर शाखाका खरिदार विष्णु कार्कीले सघाएको खुलेको छ। त्यसबेला काफ्लेलाई नै स्टोर शाखा प्रमुख तोकिएको थियो। कार्कीले भिसा दिन आनाकानी गरे पनि अधिकृत तहका काफ्लेले लिई छाडेको पाइएको छ। तर, काफ्लेले ती भिसा के गर्छन् भनेर कार्की अनभिज्ञ थिए।

    कार्कीले भिसा स्टिकरका लागि माग फारम भर्नुपर्ने भनेका थिए। तर, काफ्लेले माग फारममा केरमेट गरेका छन्। उनीहरू दुवै जनाले अध्यागमनका अधिकारीसमक्ष गल्ती स्वीकार गरेका छन्। विभागले उनीहरूसँग २४ घण्टे स्पष्टीकरण सोधेको थियो। विभागले थप अनुसन्धान र कारबाहीका लागि यससम्बन्धी फाइल अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाएको छ। स्रोतका अनुसार उनीहरूको फाइल मंगलबार अख्तियार पठाइएको हो।

    चिनियाँ नागरिकको भिसा नवीकरण गर्ने क्रममा काफ्लेले गरेको ‘कैफियत’ खुलेको जनाइएको छ। ती चिनियाँ भिसा नवीकरण गर्न केही दिनअघि विभागमा पुगेका थिए। उनीहरूको राहदानीमा २०७५ चैतमा भिसा जारी भएको देखिएको छ। गैरपर्यटकीय (नन्टुरिस्ट) शाखाका कर्मचारीले उनीहरूको भिसामा ‘कैफियत’ पत्ता लगाएका थिए। ती कर्मचारीले लगत्तै महानिर्देशक केसीलाई रिपोर्टिङ गरेका थिए। महानिर्देशक केसीले घटनाबारे तत्काल गृहसचिव महेश्वर न्यौपानेलाई जानकारी गराएका थिए।

    तीनै जना चिनियाँको राहदानी विभागले नियन्त्रणमा लिएको छ। कार्यालयबाहिर अनधिकृत ढंगले भिसा लिएको अभियोगमा उनीहरूलाई पनि कारबाही हुन सक्ने विभागका एक अधिकारीले बताएका छन्। विभागको प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेका बेला काफ्लेले अनधिकृत ढंगले भिसा दिएको खुलासा भएको हो। उनी हाल रसुवागढीस्थित अध्यागमन नाका प्रमुख छन्। विभागले उनलाई सिन्धुपाल्चोकस्थित तातोपानी नाकाको जिम्मेवारीसमेत दिएको थियो। आजको अन्नपूर्ण पोस्ट् दैनिकबाट

    प्रतिक्रिया दिनुहोस
    विविध सम्बन्धि थप
  • दशैंमा भीडभाड हुने चर्चित शक्तिपीठहरु
    हरप्रहर

    दशैंमा भीडभाड हुने चर्चित शक्तिपीठहरु

  • Post Thumbnail
    हरप्रहर

    धोवि खोला करिडोरमा फूलेका फूल यस्तो देखियो फोटो फिचर

  • काठमाडौंमा बालेन साहले कटाए ५० हजार मत
    हरप्रहर

    काठमाडौंमा बालेन साहले कटाए ५० हजार मत

  • यस्तो छ काठमाडौं महानगरको पछिल्लो मत परिणाम
    हरप्रहर

    यस्तो छ काठमाडौं महानगरको पछिल्लो मत परिणाम

  • ताजा खबर
  • १

    कांग्रेस र एमालेले दुई जना गभर्नर नियुक्त गरोस : हरि ढकाल
    २ घण्टा अघि

  • २

    सुनचाँदीको मूल्य घट्यो
    ३ घण्टा अघि

  • ३

    सरकार पूरा अवधि टिक्छ, फोन र भेटघाटले गठबन्धन तलमाथि हुँदैन् : गृहमन्त्री लेखक
    २ दिन अघि

  • ४

    विद्युतको शुल्क बुझाउने विषयमा विवाद आउनु लज्जास्पद : मन्त्री खड्का
    १ हफ्ता अघि

  • ५

    आज १३६औँ अन्तरराष्ट्रिय श्रमिक दिवस
    २ हफ्ता अघि

  • Logo

    www.harprahar.com
    हरप्रहर – निष्पक्ष खबर

    मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित

    सम्पादक : सुभद्रा लम्साल

    सातदोबाटो, ललितपुर, बागमती प्रदेश

    [email protected]

    ९८५११६८१२२

    सूचना विभाग दर्ता नम्बर: १९९२

    प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७

    सूचना-लेख-रचनाका लागि :

    [email protected]

    हाम्रो टीम  ||  हाम्रो बारे

    फेसबुक

    © २०७८ हरप्रहर मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution