काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन)ले ५० हजार मत कटाएका छन् । शुरुदेखि नै अग्रता कायम गरेका बालेन्द्रले सत्ता गठबन्धनलाई पछाडि पार्दै फराकिलो मतान्तर बनाएका हुन् ।
मंगलबार बिहानसम्मको मतपरिणाम अनुसार बालेन्द्रले ५० हजार ३० मत प्राप्त गरेका छन् । उनका निकटतम् प्रतिद्वन्द्वीका रुपमा रहेका सत्ता गठबन्धनबाट उम्मेदवार बनेकी कांग्रेसकी सिर्जना सिंहले ३० हजार ७६७ मत प्राप्त गरेकी छन् ।
बालेन्द्रले सिर्जनालाई १९ हजार २६३ मतान्तर बनाएर अग्रता कायम गरेका छन् । सिर्जनाले एमालेका उम्मेदवार केशव स्थापितलाई भने पछि पारेकी छन् । स्थापितले ३० हजार १५ मत प्राप्त गरेका छन् ।
काठमाडौंमा उपमेयरमा भने एमालेकी सुनिता डंगोल फराकिलो मतान्तरले अगाडि छिन् । सत्तारुढ गठबन्धनबाट एकीकृत समाजवादीका उपमेयरका उम्मेदवार रामेश्वर श्रेष्ठ फराकिलो मतान्तरले पछाडि परेका हुन् । सुनिताले उपमेयरमा जीत सुनिश्चित गरेकी छन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३