काठमाडौं – कैलालीको चुरे गाउँपालिकामा कार्यरत सब-इन्जिनियर चन्द्रदेव भट्ट बुधबार घुससहित पक्राउ परेका छन् ।
घुस माग गरेको सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कन्चनपुरबाट खटिएको टोलीले धनगढी उपमहानगरपालिका-१ बाट भट्टलाई २० हजार घुससहित नियन्त्रणमा लिएको हो ।
भट्टले सायल कृषि सडक निर्माण गरी भुक्तानी लिइसके पश्चात पनि उक्त सडकको इस्टिमेट नापजाँच तथा मूल्याङ्कन गरिदिएवापत सेवाग्राहीसँग घुस लिएको आरोप छ । थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७