काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भेरी अस्पताल बाँकेमा कार्यरत कम्प्युटर अपरेटर अरुणराज खनाललाई नियन्त्रणमा लिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल अन्तर्गत सम्पर्क कार्यालय नेपालगञ्जबाट गएको टोलीले स्रोत नखुलेको १६ लाख १३ हजार ९७५ रुपैयाँसहित अस्पतालबाट नियन्त्रणमा लिएको शाखा अधिकृत मिनराज थापाले बताए । थापाका अनुसार खनालको कार्यकक्षमा रहेको दराजबाट उक्त रकम बरामद भएको हो ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७