वीरगंज – कोरोना संक्रमणबाट तीन दिनमै ३ जनाको मृत्युु भएपछि प्रहरीले सर्बपक्षिय बैठक बसाइँ आज बिहान ५ बजे देखि अनिश्चितकालका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेपछि आज बिहान देखि विरगंजमा आवतजावत ठप्प भएको छ ।
वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा ५ जना थुनुवाससहित ३२ जनामा कोरोना संक्रमित पुष्टि भएपछि वीरगंजलाई पुर्णरुपले प्रहरीले निषेधाज्ञाको पालना गराएको छ।
जिल्ला प्रशासन कार्यालयले शुक्रबार राजनीतिक दलहरूसँग छलफल गरेपछि अर्को आदेश जारी नभएसम्मका लागि निषेधाज्ञा लगाउने निर्णय गरिएको थियो। निषेधाज्ञा जारी भएसँगै अहिले वीरगञ्ज क्षेत्र सुनसान बनेको छ।
केही भित्री गल्लीमा फाटफुट रुपमा मानिसहरू देखिए पनि बजार क्षेत्र भने पुरै सुनसान छ। अनिच्छितकालका निषेधाज्ञा हुने भनेपछि सर्वसाधारणहरूले हिजो नै खाद्यान्नलगायत अत्यावश्यक सामग्रीको बन्दोवस्त गरिसकेका छन्।
निषेधाज्ञा जारी भएसँगै वीरगञ्जमा अत्यावश्यक काम बाहेक घर बाहिर निस्कन प्रतिबन्ध लागाइएको छ। तर, वीरगञ्जमा बजार बन्द हुँदा मानिसहरूको चहलपहल पनि कम भएको छ।
विशेष पास भएका बाहेक अरु कुनै पनि सवारी चलाउन पाइने छैन । स्थानीय प्रशासनले कुनै पनि बहानामा घरबाहिर ननिस्कन र गाडी नचलाउन निर्देशन दिएको छ।
वीरगञ्ज नगरमा प्रवेश गर्ने नाकाहरूमा बाक्लो रुपमा सुरक्षाकर्मीहरू तैनाथ गरिएका छन्। सुरक्षा निकाय, एम्बुलेन्स र अत्यावश्यक सवारी भने चलिरहेका छन्।
वीरगञ्ज क्षेत्रमा पसल र उद्योग व्यवसायसमेत बन्द छन्। अत्यावश्यक सेवा बाहेकका कर्मचारीलाई पनि घरमै बस्न भनिएको छ। वीरगञ्जमा अन्य जिल्लाबाट आउन पूर्णप्रतिबन्ध पनि लगाइएको छ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७