काठमाडौं – नेपाली कांग्रेसको अनुशासन समितिले गोविन्दराज जोशी, पुस्करनाथ ओझा र रामबहादुर विष्टलाई पार्टीबाट निस्काशन गरेको छ ।
गत निर्वाचनमा वरिष्ठ नेता रामचन्द्र पौडेलविरुद्ध बागी उम्मेदवारी दिएका पूर्वमन्त्री जोशीलाई ५ वर्षका लागि पार्टीबाट निस्काशन गरिएको समितिले जनाएको छ ।
पूर्वमन्त्री एवं कैलालीका महासमिति सदस्य ओझालाई पनि ५ वर्षकै लागि पार्टीबाट निस्किासन गरिएको छ । उनीमाथि कैलालीमा कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु देउवालाई चुनाव हराउन भूमिका खेलेको आरोप छ ।
यस्तै डडेलधुरा कांग्रेसका कार्यालय सचिव विष्टलाई तीन वर्षका लागि निस्काशन गरिएको छ । अनुशासन समितिले तीनै जनासँग स्पष्टीकरण सोधेको थियो, तर जवाफ चिक्तबुझ्दो नभएको र पार्टीको अनुशासन उंल्लंघन गरेको पाइएकाले पार्टीबाट निस्कासन गर्ने निर्णय भएको समितिले बताएको छ ।
स्थानीय तह, प्रदेश र संघीय निर्वाचनमा पार्टीका उम्मेदवारलाई सअहयोग गरेको भनेर नगर, वडाका साथै सम्वन्धित उम्मेदवारले उजुरी परेको थियो ।
अनुशासन समितिले आरोपीहरुलाई स्पष्टीकरण पनि सोधेको थियो । तर पार्टीको वृहत्तर हितलाई ध्यानमा राखेर काम गर्न सचेत गराउने र आगामी दिनमा खेल्ने भूमिका अनुसार मल्यांकन गर्ने अनुशासन समितिको निर्णय छ ।
साथै कतिपय आरोपीलाई पत्र नबुझाएको पाइएको भन्दै सम्बन्धित जिल्ला सभापतिहरुलाई सचेत गराउने निर्णय भएको कांग्रेसको अनुशासन समितिले जनाएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७