काठमाडौं – काठमाडौंमा गत मंगलबार सुन भएको झोला फालेर भागेको गाडी बिहीबार भेटिएको छ ।
आधा किलो सुन, दुईवटा पेस्तोल र साढे १४ किलो चाँदीको झोला फालेर भागेको भनिएको बा ६ च ५५१९ नम्बरको स्कोर्पियो गाडी ललितपुरको नखिपोटमा फेला परेको प्रहरी स्रोतले जानकारी दिएको छ ।
नखिपोटमा एक बन्दै गरेको घरको कम्पाउन्डभित्र छोपेर राखेको अवस्थामा गाडी भेटिएको प्रहरीको भनाइ छ ।
मंगलबार काठमाडौंको कमलपोखरीमा प्रहरी चेकिङ छलेर भागेको गाडीलाई पिछा गर्दा त्यहाँ रहेका मानिसहरुले सेतो झोला फालेर गाडीसहित फरार भएको प्रहरीको भनाइ थियो ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७