काठमाडौँ – धरधनिहरुको हकहितको लागि उपत्यका घरधनि सरोकार मंच गठन भएको छ ।
घरधनी र डेरावाला बीच घर भाडा सम्बन्धि विवाद सहजीकरण गर्ने उदेश्यले काठमाडौँ दरवार स्क्वायर क्षेत्रमा रहेको कालभैरवमा नवगठित पदाधिकारीहरुले सपथ ग्रहण गरेका छन् । नवगठित मंचमा अध्क्षय इन्द्र प्रशाद श्रेष्ठ ,उपाध्क्षय चुक्ति मानन्धर र रबिन शाक्य , सचिव सुदय शिलाकार, सह-सचिव धन कुमार महर्जन रहेका छन्।
१५ सदसीय रहेको मंच सपथ ग्रहणमा सरिक सबै पदाधिकारीहरुले विवाद परेका विषयमा बिना भेदभाव दुवै पक्ष बीच निस्पक्षताको आधारमा सहजीकरण गर्ने बताएको छ । कोरोनाको कारण जारि गरिएको लकडाउनले घर धनि र डेरावाला दुवै मारमा परेको पनि मंच ठहर छ ।
बैठक र महलमा बसेर सपथ खाने शासक वर्ग इमान्दारी नभएको भन्दै निस्वार्थ काम गर्नको लागि एतिहासिक काल भैरवमा आएर सपथ खाएको मंचका अध्यक्ष श्रेष्ठले बताए ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७