काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराई र सहायक संरक्षण अधिकृत बिष्णु रोकाय स्रोत नखुलेको रकमसहित नियन्त्रणमा लिएको छ ।
बा.२ झ. १८७३ नं. को गाडीमा स्रोत नखुलेको रकम लिएर यात्रा गरिरहेको सूचनाको आधारमा बुटवलबाट खटिएको आयोगको टोलीले उनीहरुलाई रुपन्देहीको सैनामैना नगरपालिका–१० बाट नियन्त्रणमा लिएको आयोगका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए ।
उनीहरुको साथबाट स्रोत नखुलेको ३ लाख ४८ हजार नगद र विभिन्न मितिको ५ लाख ५० हजारको बैङ्क भौचर बरामद भएको प्रवक्ता अधिकारीले बताए । दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रवक्ता अधिकारीले बताए ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७