काठमाडौं – देशभर कोरोना संक्रमितको संख्यामा तिब्र बृद्धि भएपछि फेरि लकडाउन गर्ने र नगर्नेबारे प्रधानमन्त्री केपी शर्मा ओली छलफलमा जुटेका छन् । ओलीले फेरि लकडाउन गर्नेबारे टुंगो लगाउन जनस्वास्थ्य क्षेत्रका विज्ञहरुलाई छलफलका लागि डाकेका छन् ।
लकडाउन खुकुलो भएपछि कोरोना संक्रमण झन बढेकाले प्रधानमन्त्री ओली छलफलमा जुटेका हुन् । लकडाउनबारे छलफल गर्न ओलीले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र सिसिएमसीमा रहेका मन्त्री,सचिव र अन्य विज्ञहरु तथा जनस्वास्थ्य क्षेत्रका विज्ञहरुलाई बोलाएका छन् । मंगलबार बैठक आयोजना हुने बताइए पनि समय भने तय भै नसकेको खबर आजको समाचार पत्रले छापेको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७