काठमाडौं – सर्वोच्च अदालतका १८१ जना कर्मचारीमा गरेको कोभिड–१९ परीक्षणमा एक जना सवारी चालकमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
सर्वोच्च अदालतमा सहप्रवक्ता देवेन्द्र ढकालका अनुसार आइतबार १८१ जना कर्मचारीमा पीसीआर परीक्षणका गर्न लगिएको थियो । त्यसमध्ये १८० जनामा कोभिड–१९ नेगेटिभ देखिएको र एक जना सवारी चालकमा कोरोना पुष्टि भएको हो ।
सर्वोच्च अदालतमा प्रवक्ता भद्रकाली पोखरेलले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा सर्वोच्च अदालतमा न्यायाधीश र कर्मचारीमा कोरोना पुष्टि नभएको र एक जनामा मात्र कोरोना पुष्टि भएको उल्लेख छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७