सप्तरी – सप्तरीमा मृत्यु भएका पुरुषको अन्तिम संस्कारमा लागेको भीडको तस्वीर खिच्ने पत्रकारको परिवारका सदस्यमाथि आक्रमण भएको छ ।
राजविराज नगरपालकिा– १ निवासी ४० बर्षीय निजामुद्दिनको अन्तिम संस्कार गर्न नजिकैको इदगाहा लगिएको थियो । त्यस क्रममा सय जना भन्दा बढी मलामी गएको देखेपछि पत्रकार परिष कर्णले तस्वीर खिचेका थिए ।
कोरोना संक्रमणबाट जोगिन जिल्लामा निषेधाज्ञा लगाइएको समयमा यत्रो भीड देखेपछि आफूले फोटो लिएको पत्रकार कर्णले बताएका छन् ।
फोटो लिएर उनी फर्किएलगत्तै मलामी गएकामध्ये ८/१० जनाको समूह उनको घरभित्र पसेर आमा र दुई जना भाइमाथि कुटपिट गरेको कर्णले बताएका छन् ।
‘म फोटो खिंचेर कार्यालयतर्फ गएको केहीबेरमै घरभित्र पसेर ‘कसले हाम्रो फोटो तान्यो’ भन्दै जथाभावी तरिकाले परिवारमाथि हातपात गरेका छन्’ पत्रकार कर्णले भने ।
पत्रकार कर्णका भाइ अन्जयले आफूहरुलाई केही बोल्न मौकै नदिई हातपात भएको बताए ।
नेपाल पत्रकार महासंघ, सप्तरीका अध्यक्ष जितेन्द्र खड्गाले यो घट्नाले पत्रकार र उनका परिवार असुरक्षित भएको देखिएको बताए । उनले घटनामा संलग्न व्यक्तिको पहिचान गरी कारबाही गर्न माग गरेका छन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७