काठमाडौं- मातहत कार्यरतसहित पााच जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । महाशाखामा एकसाता अघि २ जनामा कोरोना भाइरसको संक्रमण देखिएपछि २ सय ५० बढी ट्राफिक प्रहरीलाई क्वारेन्टीनमा राखिएको थियो ।
धेरै संख्यामा कर्मचारी क्वारेन्टीनमा राखिएपछि अहिले काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनमा समस्या देखिएको र अत्यावश्यक बाहेका स्थानमा ट्राफिक प्रहरी कटौति गरेको तथा अधिकांस विदा कटौटी गरि काम गरिहेको ट्राफिक प्रवक्ता एसपी बामदेव गौतमले बताए ।
अहिले काठमाडौं उपत्यकाका संक्रमण पुष्टीभएका स्थानमा स्वास्थ्य सुरक्षा सहित ट्राफिक व्यवस्थापन गरिएको प्रवक्ता एसपी गौतमले बताए । अहिले उच्च स्वास्थ्य सुरक्षा अपनाएर सर्वसाधारणको अत्यावश्यक कामलाई मुख्य गेटबाटै आवश्यक प्रक्रिया पुऱ्याउने गरेको प्रवक्ता एसपी गौतमले बताए ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७