काठमाडौं – मन्त्रिपरिषद्को बैठक केहीबेर अघि प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ ।
मुुलुकमा कोरोना भाइरस (कोभिड १९) संक्रमितको संख्या बढ्दै गएपछि थप रणनीति बनाउन मन्त्रिपरिषद डाकिएको बुझिएको छ । यसअघि सोमबार पनि नियमित मन्त्रिपरिषद बैठक बसेको थियो ।
बिहीबारबाट उपत्यकामा एक साता निषेधाज्ञा घोषणा भएको छ । गत चैत ११ बाट साउन ७ सम्मको लकडाउन अन्त्य गरेपनि संक्रमित र मृतक संख्या बढेपछि सरकारले अधिकांश जिल्लामा निषेधाज्ञाको नीति अपनाउँदै आएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७