काठमाडौं – सुनसरीको इटहरीका कोरोना संक्रमितको आफन्त तथा कन्टयाक टेसिङ आधारमा लिएको १३६ जनाको स्वाब हराएको छ । लामो समयसम्म रिपोर्ट नआएको भन्दै सर्वसाधरणहरुले गुनासो गरिरहेका छन । इटहरी अस्पताल संबद्ध स्रोतका अनुसार इटहरीबाट संकलन भएको स्वाब वीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानबाट हराएको हो।
इटहरीमा गत साउन ३० गते पिसिआरको लागि स्वाब दिएकाहरुले ६ दिन पुग्दा पनि रिपोर्ट नआउँदा आफुहरु थप समस्यामा परेको गुनासो गरेका छन । कन्टयाक टेसिङ्को आधारमा इटहरी अस्पतालले लिएको स्वाब पिसिआर स्वाब हराए पछि पुन स्वाब सङ्कलन गर्नुपर्ने भएको छ ।
सर्वसाधरणहरुले रिपोर्टको बारेमा गम्भिरतापूर्वक लिए पनि सम्बन्धित निकायले गरेको गम्भिर लापरवाहीले रिपोर्ट हराएको स्वाब दिएकाहरुले आरोप लगाएका छन । रिपोर्ट बारे अस्पतालसँग बारम्बार फलोअप गर्दा समेत इटहरीबाट संकलन भएको स्वाब हराएको भन्दै सङ्कलन गर्ने र परीक्षण गर्ने दुवै कार्यालय चरम गैरजिम्मेवार भएको इटहरीबासीको आरोप छ ।
इटहरी अस्पताल स्रोतका अनुसार धरान स्थित बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानले इटहरीबाट पिसिआर जाँचको लागि पठाएको स्वाब हालसम्म भेटेको छैन ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७