काठमाडौं – आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्त्ता डा. जागेश्वर गौतमले थप १४ जनाको कोरोनाका कारण मृत्यु भएको पुष्टि गरेका हुन् । कोरोनाबाट पछिल्लो २४ घण्टामा मृत्यु पुष्टि भएको यो संख्या अहिलेसम्म कै धेरै हो ।
प्रवक्क्ता गौतमका अनुसार मृत्यु हुनेमा ४ जना महिला र १० जना पुरुष रहेका छन् । जसमा महोत्तरीकी ४७ वर्षिया महिला, सुनसरीकी ७४ वर्षिया महिला, बाराकी ४७ वर्षिया महिला, काठमाडौंकी ४२ वर्षिया महिला, सुनसरीका ६० वर्षिया पुरुष, मोरङको ६२ वर्षिया पुरुष, महोत्तरीको ७० र ३५ वर्षिया पुरुष, रौतहटको ३० वर्षिया पुरुष, ललितपुरका २९ वर्षिया पुरुष, भक्तपुरका ६५ वर्षिया पुरुष, नवलपरासीको ६२ वर्षिया र रुपन्देहीको ५७ र ६७ वर्षिया पुरुष रहेका छन् ।
योसंगै नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या २२१ पुगेको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७