काठमाडौ – श्रोत नखुलेको ५ लाख ३० हजार रकम सहित पूर्वाधार विकास कार्यालय बाँकेका कार्यालय प्रमुख मनिस कुमार अर्याल पक्राउ परेका छन् ।
सेवाग्राहीहरुबाट रकम लिएको सुराकीको आधारमा निगरानी गर्ने क्रममा उनलाई भौतिक पूर्वाधार विकास मन्त्रालय, प्रदेश ५ बुटवलको कार्यालयबाट पक्राउ गरिएको हो ।
पक्राउ पश्चात अर्याल माथि आवश्यक अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७