काठमाडौं – सरकारले बराइनका राजकुमारलाई नेपालको हिमाल चढ्नका लागि आउन दिने निर्णय गरेको छ ।
आइतबार बसेको मन्त्रिपरिषदको बैठकले स्वास्थ्य मन्त्रालयले स्वीकृत गरेको स्वास्थ्य सम्बन्धी मापदण्ड पालना गर्नेगरी चार्टर फ्लाइटबाट नेपाल आउन दिने निर्णय गरेको हो ।
आगामी सेप्टेम्बर १५ पछि बराइनका राजकुमारसहित १५ बहराइनी र ३ जना ब्रिटिश गरी १८ जनाको टोली नेपालको लोबुचे र मनास्लु हिमाल चढ्न आउन लागेको बैठकका निर्णयहरु सार्वजनिक गर्दै सरकारका प्रवक्ता डा. युवराज खतिवडाले जानकारी दिए ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७