काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमणको पुष्टि भएको छ । दुई दिनअघि पत्नीलाई सन्चो नभएपछि स्वाब परिक्षणका लागि दिएका शाक्यको सोमबार कोरोना संक्रमण पुष्टि भएको हो ।
मेयर शाक्य र उनकी श्रीमतीको स्वाब परिक्षण गर्दा मेयर शाक्यको कोरोना रिपोर्ट पोजेटिभ आएको मेयरको सचिवालयले जनाएको छ । उनकी पत्नीको भने कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।
मेयर शाक्यलाई कोरोना संक्रमणको कुनै पनि लक्षण भने देखिएको छैन । उनी होम आइसोलेसनमा बसेको पनि मेयरको सचिवालयले जनाएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७