ललितपुर – मच्छिन्द्रनाथको रथ तान्न गएको समुहलाई रोक्ने क्रममा प्रहरीसँग झडप भएको घटनामा संलग्नलाई खोजी खोजी पक्राउ गरेको घटनाको नेवा: समुदायले आपत्ती जनाएका छन् । नेवा: समुदायका १९ वटा संघसंस्थाले आज एक विज्ञप्तिमार्फत् उक्त कदमप्रति आपत्ती जनाउँदै यसलाई तत्काल रोक्न आग्रह गरेका छन् ।
प्रहरीले धरपडक गरेको भन्दै उक्त कार्य बन्द गरी हिरासतमा रहेका सबैलाई निःशर्त रिहा गर्न अपिल समेत गरिएको छ । नेपाल भाषा मंका खलल लगायत १९ सै जातीय खलः पुचः को गम्भिर ध्यान आकृष्ट भएको समेत जनाइएको छ ।
विज्ञप्तिमा आपसी सरसल्लाहमा समाधान गर्न सक्ने मान्यताका साथ सबैलाई संयमित रहन समेत अपिल गरिएको छ । रथ जात्रा सम्पन्न गर्न जातीय खलः पुचः प्रयासरत रहेको र सबैसँग समन्वय गरी अघि बढ्न तयार रहेको अवगत गराइएको छ ।
यसअघि बिहिबार भएको झडपका क्रममा संलग्नलाई प्रहरीले भिडियो हेरेर खोजी गरेको थियो । उनीहरुको हुलियाका आधारमा ठेगाना पत्ता लगाउँदै पक्राउ गरिएको हो । यसप्रति नेवा: समुदायले गम्भीरता देखाएको हो ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७