Logo
  • मुख्य समाचार
  • समाचार
  • फिचर स्टोरी
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य / जीवनशैली
  • खेलकुद
  • मनाेरञ्जन
  • कृषि
  • सूचना-प्रविधि
  • अन्तर्वार्ता
  • विचार/ब्लग
  • विश्व
  • साहित्य
  • स्थानीय
  • पत्रपत्रिका
  • हरप्रहर टि.भी.
  • जानकारी
  • विविध
२०८२ बैशाख ३०, मंगलबार

    ट्रेन्डीङ्ग

Logo
  • गृह
  • समाचार
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • विश्व
  • खेलकुद
  • हरप्रहर टि.भी.
  • अन्य
    • फिचर स्टोरी
    • विचार/ब्लग
    • साहित्य
    • कृषि
    • शिक्षा
    • मनाेरञ्जन
    • अन्तर्वार्ता
    • स्थानीय
    • विविध
    • सूचना-प्रविधि
    • स्वास्थ्य / जीवनशैली
    • जानकारी
    • पत्रपत्रिका
  • ताजा१२
  • रुचाईएका

ताजा अपडेट

१

विद्युतको शुल्क बुझाउने विषयमा विवाद आउनु लज्जास्पद : मन्त्री खड्का

४ दिन अघि
२

आज १३६औँ अन्तरराष्ट्रिय श्रमिक दिवस

१ हफ्ता अघि
३

समयसँगै बदलिँदो पत्रकारिता : प्रविधि, पोस्ट ट्रुथ र नागरिक पत्रकारिता

१ हफ्ता अघि
४

एमाले सिध्याउँछु भन्नेहरुकै अगाडि एमाले देशकै लोकप्रिय बन्यो : ओली

२ हफ्ता अघि
५

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार

३ हफ्ता अघि
६

गुडिरहेको जीपमा विजुलीको तार खस्दा चालकसहित ४ जनाको मृत्यु

३ हफ्ता अघि
७

अध्यक्ष लिङदेनसहित तीन सांसद प्रहरी नियन्त्रणमा

३ हफ्ता अघि
८

‘देश खत्तम छ’ भन्ने भाष्य नेताहरुले नै निर्माण गरे : डा.आरजु राणा

३ हफ्ता अघि
९

घट्यो पेट्रोलियम पदार्थको मुल्य, यस्तो छ मुल्य सूचि

३ हफ्ता अघि
१०

करेन्ट, गुट्खा, भोला, खैनी र जीत खैनीको बिक्री वितरणमा रोक्का

३ हफ्ता अघि
११

ललितपुरका नापी प्रमुख ज्ञवालीले अनियमितता गरेको आरोप

४ हफ्ता अघि
१२

बक्यौता असुली गर्ने प्रयास नै बर्खास्तीको मुख्य कारण बन्यो : कुलमान घिसिङ

१ महिना अघि

धेरै पढिएका

१

ललितपुरका नापी प्रमुख ज्ञवालीले अनियमितता गरेको आरोप

४ हफ्ता अघि
२

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार

३ हफ्ता अघि
३

समयसँगै बदलिँदो पत्रकारिता : प्रविधि, पोस्ट ट्रुथ र नागरिक पत्रकारिता

१ हफ्ता अघि
४

गुडिरहेको जीपमा विजुलीको तार खस्दा चालकसहित ४ जनाको मृत्यु

३ हफ्ता अघि
५

घट्यो पेट्रोलियम पदार्थको मुल्य, यस्तो छ मुल्य सूचि

३ हफ्ता अघि
६

अध्यक्ष लिङदेनसहित तीन सांसद प्रहरी नियन्त्रणमा

३ हफ्ता अघि
७

एमाले सिध्याउँछु भन्नेहरुकै अगाडि एमाले देशकै लोकप्रिय बन्यो : ओली

२ हफ्ता अघि
८

‘देश खत्तम छ’ भन्ने भाष्य नेताहरुले नै निर्माण गरे : डा.आरजु राणा

३ हफ्ता अघि
९

करेन्ट, गुट्खा, भोला, खैनी र जीत खैनीको बिक्री वितरणमा रोक्का

३ हफ्ता अघि
१०

विद्युतको शुल्क बुझाउने विषयमा विवाद आउनु लज्जास्पद : मन्त्री खड्का

४ दिन अघि
११

आज १३६औँ अन्तरराष्ट्रिय श्रमिक दिवस

१ हफ्ता अघि

शुल्क नतिरेको भन्दै बोर्डिङ स्कुल सञ्चालकले भाँचिदिए अभिभावकको खुट्टा

प्रकाशित मिति: २०७७ भाद्र २०, शनिबार (४ साल अघि)

  • ३७६ पटक पढिएको
  • रुपन्देही – बुटवलस्थित लुम्बिनी सिटी अस्पतालको सर्जिकल वार्डको बेड नं. २०८ मा छन्, नवलपरासी पश्चिम सुस्ता गाउँपालिका- ३ पत्थरकलाका कृष्णप्रसाद शर्मा ।  प्रेसर बढी छ, बोल्न सक्दैनन् । बेडमा पुग्ने जो कसैसँग उनका बारेमा गुनासो पाख्दिन्छन् उनका छोरा लक्षमण भरतले ।

    २२ दिनदेखि सर्जिकल वार्डमा रहेका कृष्णको दायाँ खुट्टा भाँचिएको छ । दुई छोरा पढाउन लाग्ने शिक्षण शुल्क नतिरेपछि नवपरासी (पूर्व) विनयी त्रिवेणी गाउँपालिका- ६ रानीनगरस्थित उज्जवल शिशु इंग्लिश बोर्डिङ स्कुलका सञ्चालक एवं प्रधानाध्यापक दीपक कुँवरले कृष्णको खुट्टा भाचिने गरी कुटपिट गरेका हुन् । यो घटना गत साउन २८ गतेको हो ।

    २८ गतेदेखि लुम्बिनी सिटी अस्पतालमा उपचारर्थ कृष्णको उपचारमा २ लाख ५० हजारभन्दा बढी रकम खर्च भइसकेको छ । शल्यक्रिया गर्नु परेकाले धेरै रकम खर्च भएको पीडित कृष्णका छोरा लक्ष्मणले बताए । चिकित्सकले १९ भदौमा डिस्चार्ज दिए पनि कृष्ण डिस्चार्ज हुन सकिरहेका छैनन् । आर्थिकस्थित कमजोर रहेका उनी अस्पतालमा बुझाउनुपर्ने शुल्क तिर्न नसक्दा अस्पतालको शय्यामा बसिरहेका छन् ।

    कुटपिटमा किन उत्रिए प्रधानाध्यापक ?

    कृष्णका दुई छोरा रामप्रसाद र लक्ष्मणले उज्जवल शिशु इंग्लिश बोर्डिङ स्कुलमा कक्षा ८ देखि पढे । कक्षा ८ र ९ मा अध्ययन गर्दा उनीहरूले सबै रकम तिरे । कक्षा १० को आधा रकम मात्र विद्यालयलाई तिर्न बाँकी थियो । छोरा लक्ष्मणअनुसार विद्यालयलाई जम्मा ३५ हजार बुझाउन बाँकी छ । तर, यो रकम हालैको शिक्षण शुल्क भने होइन । तिर्नुपर्ने रकम २०६९ सालको हो ।

    राम र लक्ष्मणले ०६९ सालमा कक्षा १० मा अध्ययन गर्दा लागेको खर्च हालसम्म पनि कृष्णले रकम तिरेका थिएनन् । किनकि प्रधानाध्यापक कुँवरका भाइ प्रकाश कुँवरले परीक्षामा फेल भएमा पैसा नलिने बताएका थिए । अध्ययनकै क्रममा दुई छोरा कक्षा चढ्न सकेनन् ।

    कक्षा नचढे पनि कृष्ण ५० प्रतिशत भए पनि रकम तिर्ने बताउँदैआएका थिए । तर, प्रधानाध्यापक कुँवरले भने धर्मशाला नभएको भन्दै सबै शुल्कको माग गर्दै आएका थिए ।

    कृष्णले आधा भए पनि रकम तिर्ने र बाँकी विषय प्रधानाध्यापक कुँवरका भाइ प्रकाशसँग बसेर टुंगाउने बताउँदै आएका थिए ।

    यस्तोमा २८ साउनमा कृष्ण घरबाट केही टाढा रहेको रानीनगर बजारमा भान्साकोठाको सामान लिन जाँदैगर्दा घरदेखि ३ किलोमिटरको दुरीमा बाटोमा कुँवरले कृष्ण माथि कुटपिट गरेको उनका छोरा लक्ष्मण आचार्यले बताए ।

    ‘बुवाले १० हजार लकडाउन खुलेपछि तिर्छु भन्नुभएको रहेछ । तर, पनि सबै पैसा भर्खर चाहिन्छ भन्दै कुटपिट गरेछन्’ उनले थपे, ‘विद्यालय मेरो धर्मशाला होइन भन्दै कुटिरहे ।’

    छोरा लक्ष्मणले घरदेखि ३ किलोमिटरको दुरीमा सोही विद्यालयका लेखापाल बावुराम सुवेदीको घरनजिकै कुँवरले खुट्टा भाँचिनेगरी कुटपिट गरेको बताए । कुटपिटपछि कुँवरले आफूहरूलाई कुनै पनि सम्पर्क नगरेको समेत उनले बताए ।

    दिउँसो ४ बजे कुटपिट गरेका कृष्णलाई राति ८ बजे बुटवलमा उपचारका लागि ल्याइएको थियो । घटनापछि पीडित परिवारले स्थानीय तहमा उजुरी दिँदा नलिएको बताएका छन् । त्यसपछि पीडित परिवारले जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) मा उजुरी दर्ता गरेको छोरा लक्ष्मणले बताए ।

    पीडितले ९ भदौमा मात्रै जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) कावासोतीमा कुँवरविरुद्ध कुटपिट तथा अङ्गभङ्गसम्बन्धी कसूरमा उजुरी दर्ता गरेको प्रहरी नायव उपरीक्षक मोहन बहादुर खाँणले जानकारी दिए । उनले मुद्दा दर्ता भएकाले अनुसन्धान प्रक्रिया अघि बढाइएको र पीडकको खोजी कार्य भइरहेको बताए ।

    छोरा लक्ष्मणले उपचारमा लागेको सम्पूर्ण खर्च व्यहोर्दै कानुनअनुसार स्कुल संचालक कुँवरमाथि कारबाही हुनुपर्ने बताए । कुँवरसँग पटकपटक सम्पर्क गर्दासमेत उनी सम्पर्कमा आउन चाहेनन् ।

    प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • विद्युतको शुल्क बुझाउने विषयमा विवाद आउनु लज्जास्पद : मन्त्री खड्का
    हरप्रहर

    विद्युतको शुल्क बुझाउने विषयमा विवाद आउनु लज्जास्पद : मन्त्री खड्का

  • एमाले सिध्याउँछु भन्नेहरुकै अगाडि एमाले देशकै लोकप्रिय बन्यो : ओली
    हरप्रहर

    एमाले सिध्याउँछु भन्नेहरुकै अगाडि एमाले देशकै लोकप्रिय बन्यो : ओली

  • अध्यक्ष लिङदेनसहित तीन सांसद प्रहरी नियन्त्रणमा
    हरप्रहर

    अध्यक्ष लिङदेनसहित तीन सांसद प्रहरी नियन्त्रणमा

  • ‘देश खत्तम छ’ भन्ने भाष्य नेताहरुले नै निर्माण गरे : डा.आरजु राणा
    हरप्रहर

    ‘देश खत्तम छ’ भन्ने भाष्य नेताहरुले नै निर्माण गरे : डा.आरजु राणा

  • ताजा खबर
  • १

    विद्युतको शुल्क बुझाउने विषयमा विवाद आउनु लज्जास्पद : मन्त्री खड्का
    ४ दिन अघि

  • २

    आज १३६औँ अन्तरराष्ट्रिय श्रमिक दिवस
    १ हफ्ता अघि

  • ३

    समयसँगै बदलिँदो पत्रकारिता : प्रविधि, पोस्ट ट्रुथ र नागरिक पत्रकारिता
    १ हफ्ता अघि

  • ४

    एमाले सिध्याउँछु भन्नेहरुकै अगाडि एमाले देशकै लोकप्रिय बन्यो : ओली
    २ हफ्ता अघि

  • ५

    सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार
    ३ हफ्ता अघि

  • Logo

    www.harprahar.com
    हरप्रहर – निष्पक्ष खबर

    मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित

    सम्पादक : सुभद्रा लम्साल

    सातदोबाटो, ललितपुर, बागमती प्रदेश

    [email protected]

    ९८५११६८१२२

    सूचना विभाग दर्ता नम्बर: १९९२

    प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७

    सूचना-लेख-रचनाका लागि :

    [email protected]

    हाम्रो टीम  ||  हाम्रो बारे

    फेसबुक

    © २०७८ हरप्रहर मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution