काठमाडौं – संघीय आयोजना कार्यान्वयन इकाई, बिराटनगरका तत्कालीन सिनियर डिभिजनल ईन्जिनियर काशी प्रसाद गुप्तविरुद्ध पौने १७ करोड विगोसहित मुद्दा दायर गरिएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनकी श्रीमति र ११ आफन्तहरुलाई पनि प्रतिवादी बनाइएको छ।
सीडीई गुप्ता र उनका मीतागुप्ता विरुद्ध १६ करोड ७२ लाख ५६ हजार विगो कायम गरी गैरकानुनी सम्पत्ति आर्जन(अकुत) गरेको सम्बन्धी मुद्दा विशेष अदालतनमा दायर गरेको अख्तियार प्रवक्ता एवं सहसचिव तारानाथ अधिकारीले जानकारी दिए।
गुप्ताले आफन्तहरु अन्जु कुमारी महतो, उदित नारायण प्रसाद रौनियार, चन्देश्वर महतो, धिरज कुमार गुप्ता, प्रिति कुमारी गुप्ता, डा. रचना प्रसाद शाहा, विकास प्रसाद गुप्ता, विनय कुमार सिंह, विभा रानी, संगिता साह रौनियार र सन्तोष कुमार गुप्ताको नाममा खाता खोली १० करोड ४४ लाख ४३ हजार लुकाई छिपाई राखेको प्रमाणित भएपछि उनीहरु विरुद्ध पनि अख्तियारले मुद्दा चलाएको हो।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७