काठमाडौं – कृषि सामाग्री कम्पनी लिमिटेडले सम्झौता बमोजिम युरिया मल नल्याउने दुई ठेकदार कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस गरेको छ । कम्पनीले शैलुङ इन्टरप्राइजेज र होनिको मल्टिप्रपोज कम्पनीलई कालोसूचीमा राख्न सिफारिस गरेको हो ।
कम्पनीले शारदाप्रसाद अधिकारीको शैलुङ इन्टरप्राइजेज र हुमनाथ कोइरालाको होनिको मल्टिप्रपोज कम्पनीले सम्झौता गरेर ५० हजार मेट्रिक टन मल नल्याउने दुवै कम्पनीलाई कालोसूचीमा राख्न सार्वजनिक खरिद अनुगमन कार्यालयलाई पत्राचार गरेको हो ।
यस वर्ष साउनमा ल्याउनुपर्ने मल उनीहरुले ल्याउन नसकेपछि उनीहरुसँगको सम्झौता खारेज भएको थियो ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७