काठमाडौं – सरकारले ५ असोजबाट लागु हुने गरी सबै किसिमका सार्वजनिक यातायात र हवाई उडान सञ्चालन गर्ने निर्णय गरेको छ । कोरोना भाइरसको रोकथामका लागि भन्दै महिनौं देखि बन्द गरिएको दुवै सेवाहरु सुचारु गर्ने निर्णय आज बसेको मन्त्रिपरिषदले गरेको हो ।
सरकारका एक मन्त्रीका अनुसार सार्वजनिक यातायात र हवाई सेवा सञ्चालनका लागि मापदण्ड भने तोकिनेछ । निश्चित मापदण्ड तोकी दुवै सेवा सुचारु गरिनेछ ।
दशैंलाई दृष्टिगत गरी सरकारले यातायात र हवाई सेवा सञ्चालन गर्न दिने निर्णय गरेको हो । योसँगै जनजीवन केही सामान्य अवस्थामा फर्कने आशा गरिएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७