काठमाडौं – सिन्धुपाल्चोकमा पछिल्लो समय निरन्तर पहिरो जाने क्रम चलेको छ । यस क्रममा ठुलो जनधनको क्षति भएको छ । पहिरो गएका स्थानहरुमा राम्चे र जुरे पर्छन् । उक्त क्षेत्रमा ठुलो क्षति भइसकेको छ । वस्ती नै पहिरोले तानेको छ ।
पहिरो जानुअघि त्यस क्षेत्रमा जमिनको धाँजा फाटेको थियो । धाजा फाटेको कारण बल्ल प्रष्ट भएको छ । आज विहान सवा ५ बजेतिर ६ रेक्टरको भुकम्प गएको छ । त्यसको केन्द्र बिन्दु सिन्धुपाल्चोकको जुरे र राम्चे बीचको ठीक बीचमा रहेको पत्ता लागेको छ ।
जिल्लामा धेरै स्थानमा धाँजा फाटेकाले थप शतर्कता अपनाइएको छ । वस्तीहरु जोखिममा छन् । स्थानीयमा भय सृजना भएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७