काठमाडौं – महँगोमा प्याज बिक्री गरेको भन्दै प्रहरीले बल्खुबाट एकजना व्यापारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बल्खुस्थित प्याजको होलसेलर सुनिल केसी छन् ।
भारतले निर्यातमा रोक लगाएपछि अहिले उपत्यकामा प्याज अभाव हुन थालेको छ ।
काठमाडौं महानगरपालिकाले गरेको अनुगमनमा केसीले प्रतिकेजी १ सय ३० रुपैयाँको दरले प्याज बेचेको भेटिएपछि पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
ती व्यापारीलाई अहिले महानरीय प्रहरी वृत्त कालीमाटीमा राखिएको छ । उनिविरुद्ध कालोबजारीसम्बन्धी मुद्धा चलाइने बताइएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७