काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको सचिवलायका कर्मचारीमा संक्रमण पुष्टि भएपछि उनी होम आइसोलेशनमा रहेका छन् ।
देउवा होम आइसोलेशनमा बसेको उनका स्वकीय सचिव भानु देउवाले जानकारी दिएका छन् ।
सचिवालयका दुईजनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सातजनाको स्वाब परीषक्षण भएकोमा दुईजनामा संक्रमण देखिएको हो ।
केही दिन यता सपभापति देउवाले भेटघाट पूर्णरुपमा बन्द गरेका छन्। बुधबार आएको रिपोर्टमा दुई कर्मचारीमा संक्रमण देखिएपछि आइसोलेशनमा रहेका देउवाको अहिलेसम्म स्वाब संकलन भने भएको छैन । शुक्रबार स्वाब संकलन गरी परीक्षणको तयारी भइरहेको स्वकीय सचिव भानु देउवाले बताए ।
संवैधानिक निकायमा रिक्त पदाधिकारी नियुक्तिका विषयमा बिहीबार बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गर्ने कार्यक्रम तय भएको भए पनि सचिवलायका कर्मचारीमा संक्रमण देखिए पछि देउवाले सो भेट स्थिगित गरेका छन् ।
यसैबिच कोरोना भाइरसबाट संक्रमित भइ स्वास्थ्य समस्या देखिएपछि चावहिल स्थित ओम अस्पतालको आइसोलेशनमा उपचार गराइरहेका कांग्रेस महामन्त्री शशांक कोइरालले आफ्नो स्वास्थ्य सुधार हुने क्रममा रहेको बताएका छन् ।
बिहीबार बिहान सामाजिक सञ्जाल फेसबुकको लाइभमा आएर उनले सुधार भइरहेको र केही दिनमा निको भएर फर्किने भन्दै चिन्ता नलिन आग्रह गरेका छन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७