काठमाडौं – सर्वसाधारणलाई कुटपिट गरेको भिडियो सार्वजनिक भएपछि प्रहरी प्रधान कार्यालय, नक्सालले छानविन गर्न मातहतको निकायलाई निर्देशन दिएको छ ।
महानिरीक्षकको सचिवालयका एक अधिकृतका अनुसार घटनाबारे छानविन गर्न भन्दै महानगरीय प्रहरी आयुक्तको कार्यालयलाई पत्राचार गरिएको छ । साथै, दोषी पाइए कारबाही गर्न पनि भनेको छ ।
प्रहरीबाट आमनागरिकलाई कुटपिट गरेको घटना पटकपटक सार्वजनिक हुने गरेका छन् । सार्वजनिक वृत्तमा आलोचना भएपछि प्रहरीले कारबाही पनि गर्ने गरेको छ । यद्यपि, प्रहरी आचरण र व्यवहारमा सुधार आउन सकेको छैन ।
सामाजिक कार्य गर्ने १०० ग्रुपका संस्थापक सिराहाको लहान घर भएका बब्लु गुप्तालाई प्रहरी निरीक्षक केशर न्याैपानेसहितको टोलीले निर्घात कुटपिट गरेको भिडियो बाहिरिएको थियो ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७