काठमाडौं – देशभर चार दिनयताको लगातारको वर्षा भोलिसम्म हुने भएको छ । गृह मन्त्रालय अन्र्तगतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ५ असोज देखिको निरन्तरको वर्षा भोलिसम्म हुने जानकारी दिएको हो ।
प्राधिकरणले धेरै ठाउँका खोला, नदीहरुमा बाढी आएकोले जोखिम अझै कायमै रहेको बताएको छ । प्राधिकरणले सतर्कता अपनाउन समेत भनेको छ ।
मौसम पूर्वानुमान महाशाखाले देशका धेरै स्थानहरुमा आज साँझ हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । बागमती प्रदेश, गण्डाकी प्रदेश र प्रदेश नं ५ का केही स्थानहरु, प्रदेश नं १ र प्रदेश नं २ का थोरै स्थान तथा कर्णाली प्रदेशको एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
यसैगरी विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार हिजो र आज गरी बाढीपहिरोबाट देशका विभिन्न स्थानमा ५ जनाको मृत्यु हुनाको साथै १८ जना वेपत्ता भएका छन् । पहिरोका कारण ३ स्थानमा बाटो अवरुद्ध छ । सबैभन्दा ठुलो क्षति स्याङ्जाको वालिङ नगरपालिकाको सिरिसेमा भएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७