काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीका सचिवालयका चार जनालाई कोरोना भाइरस (कोभिड-१९) को संक्रमण भएको छ ।
राजनीतिक सल्लाहकार विष्णु रिमाल, विदेश मामिला सल्लाहकार राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा र प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीलाई पनि संक्रमण देखिएको छ ।
उनीहरुको शुक्रबार स्वाब गरिएको थियो । ‘चालकदेखि सबैको स्वाब संकलन गरिएको थियो । सचिवालयका हामी चार जनाको पोजेटिभ आएको छ’ थापाले भने, ‘केही चालकहरुमा पनि संक्रमण देखिएको छ ।’
यो पटक प्रधानमन्त्री ओलीको परीक्षण गरिएको थिएन । सचिवालयका चार जनालाई देखिएपछि अब उनको पनि परीक्षण हुने बताइएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७