काठमाडौँ – कोरोना कहरबीच चिकित्सा शिक्षा स्नातकोत्तर तहका लागि प्रवेश परिक्षा नगरी नछोड्ने अडान लिएर आश्विन २७ गते प्रवेश परिक्षा तोकेको चिकित्सा शिक्षा आयोगका कर्मचारीले गैरजिम्मेवार सुझाव दिएका छन् ।
प्रवेश परिक्षाको तयारीमा रहेका एक चिकित्सकले आफूलाई कोरोना संक्रमणको पुष्टी भएका कारण परिक्षा दिन मिल्ने नमिल्ने जानकारी लिन खोज्दा आयोगकी एक कर्मचारी बाहिर हल्ला नगरी गुपचुप परिक्षामा सहभागी हुन सुझाएकी छिन् ।
कोरोना संक्रमणको अवस्था झन् तिब्र रुपमा फैलदै गएको अवस्थामा आयोगले बिना उचित तयारी परिक्षा संचालन गर्न लागेको भन्दै परिक्षामा सहभागी हुने चिकित्सकहरु तनावमा रहेको एक परिक्षार्थीले बताए ।
आयोगका कर्मचारीको यस्तो गैरजिम्मेवारीपूर्ण सुझावले परिक्षार्थी चिकित्सकहरुमा झन् तनावको अवस्था सृजना भएको एक परिक्षार्थी चिकित्सकले गुनासो गरिन् ।
आश्विन २७ गते तोकिएको प्रवेश परिक्षामा करिब ७ हजार परिक्षार्थी सहभागी हुँदै छन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७