काठमाडौं – नेपालमा अबदेखि एन्टिजेन परीक्षण सुरु गरिने भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। ठूलो समूहमा एकैपटक परीक्षण गर्न मिल्नेगरी यो सेवा सुरु गर्न लागिएको हो ।
कोरोना भाइरस परीक्षणसम्बन्धी नेसनल टेष्टिङ गाइडलाइनमा परिमार्जन गरी एन्टिजेन परीक्षण थप गरिएको छ। यो विधिअनुसार गरिएको परीक्षणको रिपोर्ट तुरुन्त आउने र एकैपटक धेरै संख्यामा परीक्षण गर्न उपयुक्त मानिन्छ।
अस्पतालमा तुरुन्तै सल्यक्रिया गर्नु परेमा, सामूहिक बसाइँ भएका ठाउँमा यसको परीक्षण गरिन्छ। यो परिक्षणको लागि रिएजेन्ट अमेरिकन फुड एण्ड ड्रग एडमिनिस्ट्रेसनबाट मान्यताप्राप्त उत्पादनलाई मात्र मान्यता दिने मन्त्रालयले जनाएको छ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७