बिगत २४ दिनदेखि अनसनरत डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रँदै गएको उपचारमा संलग्न रहेका चिकित्सकहरूले बुधबार बिहान बताएका छन्।
रक्तचाप घटेर ७०/५० पुगेको छ भने केसीको शरीरमा थकान, रिंगाटा लाग्ने, मुटुको धड्कन अनियमित, मांसपेशी दुखाइको समस्या रहेको चिकित्सकहरूले बताएका छन्।
डाक्टर केसीको शरीरमा अक्सिजनको मात्रा पनि घट्दो छ। उनलाई बेलाबेला अक्सिजन दिइएको छ।
केसीको उपचारमा रहेका चिकित्सकहरू डाक्टर केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि आन्तरिक परामर्शमा छन्।
डाक्टर सुभाष आचार्य नेतृत्वको चिकित्सक टिमले केसीको स्वास्थ्य अवस्थाबारे परीक्षण गरिरहेका छन्।
यसअघि अनसन बसेका बेला डाक्टर केसीलाई इलेक्ट्रोलाइटस् दिने गरिएको भए पनि यसपटक उनले त्यसलाई अस्वीकार गरेका कारण उनलाई नर्मल स्लाइन पानी दिइएको छ।
डाक्टर आचार्य नेतृत्वको टिमले केसीलाई आइसियूमा राख्न सुझाव दिए पनि उनले अस्वीकार गर्दै आएका छन्।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७