काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र उपाध्यक्ष वामदेव गौतमबीच बालुवाटारमा एक घन्टा वन टु वन वार्ता भएको छ । वार्तामा मन्त्रिमण्डल पुर्नगठन र वामदेवको अदालतमा विचाराधीन मुद्दाबारे कुराकानी भएको बुझिएको छ ।
ओलीले आज विहान गौतमलाई छलफलका लागि अकस्मात् बोलाएका थिए । लगत्तै उनी भैंसेपाटीबाट निस्किए बालुवाटार छिरेका थिए । विश्वस्त स्रोतका अनुसार ओलीले वामदेवसँग मन्त्रिमण्डल पुर्नगठनलगायत पार्टीको आन्तरिक राजनीतिबारे छलफल गरेका थिए ।
ओलीले अदालतमा वामदेवविरुद्ध दायर मुद्दामा आफ्नो भूमिकाबारे बाहिर चलेको हल्लाबारे समेत चासो राखेका थिए । उनले गौतमले त्यसमा आशंका गरेकोमा पनि नगर्न भनेको बुझिएको छ । तर, गौतमले पनि हल्ला चल्नुलाई गम्भीरताका साथ लिएको स्रोतले बताएको छ ।
राष्ट्रियसभाका मनोनित सांसद गौतमलाई सरकारमा लान अदालतले अल्पकालिन रोक लगाएको अवस्थामा ओली र गौतमबीच भेटवार्ता भएको हो ।
बामदेवलाई मन्त्री नबनाउनु भनी वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दायर गरेको मुद्दाको संवैधानिक इजलाश गठन भएको छ । यसको अन्तिम किनारा यसै हप्ता लाग्ने सम्भावना छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७