काठमाडौँ – सामाजिक सञ्जाल टिकटकसहित विभिन्न चलचित्र, टेलिचलचित्र, सर्टमूभि, सांगितिक भिडियो, स्टेज कार्यक्रम लगायतमा नेपाल प्रहरीले प्रयोग गर्ने पोसाकको दुरुपयोग भएको पाइएको भन्दै प्रहरी प्रधान कार्यालयले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।
प्रहरी प्रवक्ता कुवेर कडायतले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै प्रहरी पोसाक दुरुपयोग भएको पाइए कानुन बमोजिम कारबाही हुने स्पष्ट पारेका छन् ।
कसैलाई पोसाकको प्रयोग गर्नैपर्ने भएमा प्रहरी प्रधान कार्यालयबाट स्वीकृति लिनुपर्ने कडायतले जानकारी दिए ।
कार्यालयको स्वीकृति नलिइ कुनै पनि प्रयोजनका लागि नेपाल प्रहरीले प्रयोग गर्ने पोसाक र पोसाकमा प्रयोग हुने दर्ज्यानी चिन्ह, प्रहरीको मोनोग्राम प्रयोग नगर्न नगराउन पनि प्रधान कार्यालयले सचेत गराएको छ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७