काठमाडौं – राप्रपाका अध्यक्षत्रय कमल थापा, पशुपतिशमशेर राणा र डा. प्रकाशचन्द्र लोहनी बीचको बैठक सम्पन्न भएको छ । आज बसेको बैठकले निर्वाचन आयोगमा राप्रपा दर्ता भएकोमा खुसी व्यक्त गर्दै आयोगलाई धन्यवाद दिने, जिल्लामा पार्टी समायोजनको समय असोज २९ सम्म बढाउने, केन्द्रीय कार्य समिति विस्तार गर्ने र डा.गोविन्द केसीको जीवन रक्षार्थ आबश्यक पहल गर्न सरकारसँग माग गर्ने निर्णय गरेको अध्यक्ष थापाले सामाजिक सञ्जाल ट्विटर मार्फत जानकारी दिएका छन् ।
अध्यक्ष थापाले निर्वाचन आयोगबाट वैधानिकता प्राप्त गरेसँगै राप्रपा अब तिव्र गतिमा संगठन निर्माणमा लाग्ने समेत बताएका छन् ।
राष्ट्रियता, प्रजातन्त्र र उदारवादको चिन्तनमा आधारित ’सम्वर्द्धनवाद’को बैचारिक धरातलमा सबल र समृद्ध नेपाल निर्माण राप्रपाको लक्ष्य हुने अध्यक्ष थापाले जनाएका छन् ।
आगामी चुनावसम्ममा राप्रपालाई देशको अग्रणी शक्ति बनाउने दृढता समेत उनले व्यक्त गरेका छन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७