काठमाडौं – सरकार र आमरण अनशनरत डा. गोविन्द केसीबीच सहमति भएको छ ।
दुबै वार्ता टोलीले सहमतिलाई औपचारिकता दिएपछि आजै अनसन तोड्ने तयारी रहेको उच्च स्रोतले बताएको छ । शिक्षा सचिव गोपी मैनाली र डा. जीवन क्षेत्री नेतृत्वको वार्ता टोली बिहीबार नै सहमति नजिक पुगिसकेका थिए ।
बिहीबार सहमति हुन नसकेको विषय डा. केसीको ६ बुँदे मागको चौथो बुँदा थियो । शुक्रबार दुबै पक्षले आन्तरिक परामर्श गरेपछि सहमतिलाई अन्तिम रुप दिइएको हो ।
स्रोतका अनुसार विश्वविद्यालय, आईओएम, काउन्सिल र प्रतिष्ठानमा पदाधिकारी नियुक्तिसम्बन्धी मापदण्ड ऐनमै राख्ने र ऐन संशोधन नहुँदासम्म वरिष्ठता र कार्यक्षमताका आधारमा नियुक्ति गर्ने सहमति भएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७